३ असार, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ ।
यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसलाई दुई देशबीच भएको प्रारम्भिक सम्झौताको ढाँचामा समावेश गरिएको छ ।
रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै पक्षलाई अन्तिम शान्ति सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन गर्ने उद्देश्यले यो कोष तयार गरिएको हो ।
आगामी शुक्रबार हुने औपचारिक हस्ताक्षरको संवेदनशीलतालाई ध्यानमा राख्दै अहिलेसम्म यो योजनाको विस्तृत विवरण गोप्य राखिएको छ । उक्त प्रस्तावित रकममध्ये आधाभन्दा बढीको लगानी प्रतिबद्धतासमेत भइसकेको समाचारमा उल्लेख छ ।

