Author: admin

 बाजुरामा जिपले ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका-७ का २४ वर्षीय गोपाल वलीलाई पक्राउ गरिएको हो। वलीले चलाएको भे १ च ४०८० नम्बरको जिपले बडीमालिका नगरपालिका–७ रजालीका स्थानीय रामबहादुर विकका १४ वर्षीय छोरा दिलिप विकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकलाई ठक्कर दिएपछि चालक वली घटनास्थलबाट फरार भएका थिए। घाइते बालकको अवस्था र घटनासम्बन्धी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तीव्र खोजी सुरु गरेको थियो। प्रहरीको खोजतलासका क्रममा जिपसहित चालकलाई बडीमालिका नगरपालिका–९ स्थित मार्तडी बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय…

Read More

३ असार, रोल्पा। रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् । यहाँको परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् । परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

Read More

३ असार, काठमाडौं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०.०८ अंक हरियोमा सीमित रह्यो । जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आज बजारको उतारचढाव न्यून रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोडको भयो । १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा…

Read More

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म अभिनयमा डेब्यू गर्ने पक्का भएको छ । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाले पारितोषिकालाई शीर्ष भूमिकामा अनुबन्धित गराइएको बताए । उनका अनुसार, सोमबार पारितोषिकासँग निर्माताको लिखित सम्झौता भएको छ । ‘केही पहिले पारितोषिकाले अभिनय गरेको नाटक स्वर्णदेश हेरेपछि अन्जु पन्त दिदीसँग कुरा भएको थियो’ अमरदीपले अनलाइनखबरसँग भने, ‘हामीलाई फ्रेस फेस चाहिएको थियो । हामी आफैले अप्रोच गरेका हौं ।’ पारितोषिकाले केही समय मण्डला थिएटरमा अभिनय पनि सिकिरहेकी थिइन् । यो फिल्मबाट चर्चित गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्दैछन् । रघुनाथ…

Read More

३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाको किङ सिटीमा भएको क्यानडा र नेदरल्यान्ड्सबीचको एकदिवसीय खेल पिचको सुरक्षासम्बन्धी चिन्ताका कारण ४.१ ओभरमै रद्द गरिएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले एक विकेट गुमाएर १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दोस्रो ओभरमा म्याक्स ओ’डाउड शून्यमै आउट भएका थिए । तर खेलाडीहरूको सुरक्षामाथि प्रश्न उठाउने गरी पिचबाट असमान बाउन्स आएपछि ब्याटरहरू पटक-पटक बलले प्रहार भएका थिए । लगातार खतरनाक बाउन्स देखिएपछि अम्पायर र खेल अधिकारीहरूले खेल रद्द गर्ने निर्णय गरेका हुन् । चार दिनअघि यही मैदानमा अमेरिका र नेदरल्यान्ड्सबीच भएको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले…

Read More

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् । ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन लागेको पोर्चुगलले छनोट चरणमा अविश्वसनीय प्रदर्शन गरेको थियो; जहाँ उनीहरूले मात्र ६ खेलमा २० गोलको वर्षा गर्दै आफ्नो टिकट पक्का गरेका थिए । अर्कोतर्फ, ५२ वर्षको प्रतीक्षा समाप्त गर्दै सन् १९७४ पछि पहिलो पटक विश्वकपको मुख्य मञ्चमा फर्किएको कङ्गो डीआर उच्च मनोबलका साथ मैदान उत्रनेछ । मेक्सिकोमा भएको विश्वकप प्ले-अफ प्रतियोगिताको फाइनलमा जमैकालाई १-० ले पराजित गर्दै…

Read More

फिफा विश्वकप २०२६ को उपाधि जित्ने बलियो दाबेदारीका साथ ‘इट्स कमिङ होम’ को ऐतिहासिक नाराका साथ युरोपेली महारथी इंग्ल्यान्डले आज टेक्सासको मैदानमा आफ्नो विश्वकप यात्राको सुरुवात गर्दैछ, जहाँ उसको सामना परिचित प्रतिद्वन्द्वी क्रोएसियासँग हुँदैछ। सन् १९६६ मा पहिलो पटक विश्वविजेता बनेको इङ्गल्यान्डका लागि ६० वर्ष लामो उपाधि खडेरी तोड्ने यो सबैभन्दा सुनौलो मौका हो । मुख्य प्रशिक्षक थोमस टुचेलको टोली छनोटलाई लिएर समर्थकहरूबीच केही मतभेद रहे पनि छनोट चरणमा शतप्रतिशत जितको कीर्तिमान राखेको यो टोलीलाई उपाधिको मुख्य हकदार मानिएको छ । प्रशिक्षक टुचेलले “हामीसँग सपना देख्ने अधिकार छ, तर हामी भ्रममा पर्न चाहँदैनौँ” भन्दै टोलीलाई सचेत गराएका छन् । अर्कोतर्फ,…

Read More

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए । सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका…

Read More

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको बदलिएको भावनालाई हेरेर प्रदेशसभा र स्थानीय तह निर्वाचन चाँडै हुनुपर्ने बताएका छन् । बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले बदलिएको जनभावनाका जेसुकै कारण भएपनि देशका लागि प्रदेश र स्थानीय निर्वाचन आवश्यक रहेको बताएका हुन् । ‘संघीय संसद्का लागि जनताले मदाधिकार प्रयोग गरे र नयाँ जनादेश प्राप्त भयो । त्यसका पछाडि धेरै कारण होलान्,’ उनले भने, ‘मेरो एउटै निवेदन छ, संघीय सरकारलाई स्थानीय तह र प्रदेशको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्छ ।’ त्यसको वातावरण संघीय सरकारले बनाउनुपर्ने उनले बताए । ‘स्थानीय तह र प्रदेश सरकार नयाँ जनादेशमा जनादेशमा जानुपर्छ । यसको…

Read More

१४ जेठ, कैलाली । स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच आज बिहान अस्पताल उदघाटन गरेका हुन् । विवाद कायम रहेका बेला अस्पताल उदघाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सडक क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको थियो । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी गत वैशाखमा पठाएको थियो । तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको…

Read More