- बाजुरामा जिपको ठक्करबाट बालक घाइते, फरार चालक पक्राउ
- रोल्पामा प्रेसर कुकर फड्किँदा एक जना घाइते
- लगातार ४ दिन घटेपछि २७०५ मा थामियो सेयर बजार
- अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्ममा डेब्यू गर्दै, साइन गरिन् ‘तीन तिघ्रे, क्या बिग्रे’
- खराब पिचका कारण क्यानडा र नेदरल्यान्ड्सबीचको लिग २ खेल रद्द
- पोर्चुगल र कङ्गो पहिलोपटक खेल्दै, कस्तो रहला रोनाल्डोको प्रदर्शन ?
- इंग्ल्यान्ड र क्रोएसिया महत्त्वपूर्ण खेलमा भिड्दै
- श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
Author: admin
३१ जेठ, धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् । पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् । धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालि दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको…
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको सुरुवातमै मेस्सी एक गोल…
३ असार, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा खाँदबारी नगरपालिका —८ का २५ वर्षीय विज्ञान विश्वकर्मा रहेका छन् । खाँदबारी नगरपालिका —१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा कम्पाउन्ड वाल निर्माणका क्रममा उनीमाथि अचानक माटोको ढिस्को खसेको थियो । माथिबाट खसेको माटोको ढिस्कोले विश्वकर्माको टाउको भन्दामुनिको सबै भाग पुरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनलाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ । केन्द्रीय सदस्यहरूको लागि २१ हजार शुल्क निर्धारण गरिएको छ । रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री हुने व्यवस्था छ । कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता १/१ जना र र सह प्रवक्ता ३ जना मनोनित गर्ने व्यवस्था छ । विधान अनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना…
अछाम जेठ २४ अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । थप ३ जना घाईते भएका छन । जिल्लाको सदरमुकाम मंगलसैन देखी कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखमा जादै गरेको से १ त ६१३ नम्बरको बोलेरो जीप पानेरीखोला नजिक ( शनिबार ) गए राति १० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखका कर्ण प्रसाद भाटको जिल्ला अस्पताल मंगलसैन लैजादै गर्दा बाटोमै निधन भएको हो । घाईते ३ जना मध्ये सोही ठाँउका बद्री प्रसाद भाट र मिन भाट लाई थप उपचारका लागी सुर्खेत प्रादेशीक अस्पतालमा लगिएको छ । दुर्घटना पछी सवारी चालक…
चैत १७ । कमलबजार नगरपालिका वडा नं ७ फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण गरिएको छ । फल्टाने स्थित फल्टाने महिला कृषक समुुहका २५ जना कृषक लाई च्याउको बीउ वितरण गरिएको हो । कमलबजार नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक शुनिल कुँवरले च्याउ उत्पादनका विभिन्न प्रकृयाका सम्बन्धमा नमुना अभ्यास समेत गराउनु भएको थियोे । बीउ वितरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको उपस्थिति रहेको थियोे । नगरप्रमुख ढकालले कृषक लाई च्याउकाे बीउ हस्तान्तरण गर्दै कृषक लाई व्यवसायीक तरकारी खेती गरि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले कृषकले उत्पादन गरेको खाद्य वस्तु तथा तरकारी र फलफुलको बजारीकरणमा…
३ असार, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ । यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसलाई दुई देशबीच भएको प्रारम्भिक सम्झौताको ढाँचामा समावेश गरिएको छ । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै पक्षलाई अन्तिम शान्ति सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन गर्ने उद्देश्यले यो कोष तयार गरिएको हो । आगामी शुक्रबार हुने औपचारिक हस्ताक्षरको संवेदनशीलतालाई ध्यानमा राख्दै अहिलेसम्म यो योजनाको विस्तृत विवरण गोप्य राखिएको छ । उक्त प्रस्तावित रकममध्ये आधाभन्दा बढीको लगानी प्रतिबद्धतासमेत भइसकेको…
