- १४औँ महाधिवेशनबाट निर्वाचित ५२ केन्द्रीय सदस्य बैठकमा सहभागी हुने !
- बर्दियामा प्रीमियर लिग हुदै !
- जेन्जीआन्दोलनको एक वर्ष: सङ्घर्ष र सत्ताको यथार्थ
- मध्य बर्खामै खानेपानी संकट
- प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल
- सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो
- नेपाली महिला राष्ट्रिय क्रिकेट टिम वुमन्स एसिया कप खेल्ने !
- शरीर स्वस्थ राख्न दिनमा दुईथरी मौसमी फल खानुपर्छ
Author: सञ्चार संकेत
१ असोज ।काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका ५२ जना केन्द्रीय सदस्य संस्थापनपक्षको बैठकमा सहभागी हुने भएका छन् । कांग्रेस संस्थापनपक्षले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन् । बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा महाधिवेशनको विषयमा छलफल हुँदै छ । महालक्ष्मी उपाध्याय डिना, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजीमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार (विक) , सुशीला थिङ बैठकमा सहभागी हुने बुझिएको छ । त्यस्तै, गणेश…
बर्दिया – शिबसक्ति स्पोर्ट क्लब गुलरिया -१ बर्दिया ले आगामी दशैं–तिहारको अवसर पारेर “स्वस्थ देश निर्माण का लागि स्वस्थ युवा , स्वस्थ युवा का लागि खेलकुद ” भन्ने मुल नाराका साथ खैरापुर पृमियर लिग -सिजन ५ –२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगितालाई सफल बनाउन बर्दियाका विभिन्न स्थानीय तह, संघसंस्था तथा उद्योगी–व्यवसायीलाइ आवस्यक सहकार्य गर्नका निमित्त क्लब का अध्यक्ष अरबिन्द यादब ले अपिल गरेका छन । कार्तिक ७ गतेबाट सुरुहुने क्रिकेट प्रतियोगितामा प्रथम ,द्वितीय क्रमश ५० हजार ,३० हजार ,मेडल ट्रफि प्राप्त गर्नेछन यसैगरि १२ ओभर मा खेलाइने लिग खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडि ले ५ हजार नगद प्राप्त गर्ने आयोजक…
भाद्र २३ आजभन्दा ठिक एक वर्ष अगाडि, नेपाली समाजले एक अभूतपूर्व र ऐतिहासिक अवस्थाको सामना गरेको थियो। देशका मुख्य शहरहरू विशेष गरी युवाहरूको ताँतीले गुञ्जायमान बनेका थिए, जसलाई हामीले ‘जेन्जी आन्दोलन’ को रूपमा स्मरण गर्दछौं । सामाजिक सञ्जालप्रतिको प्रतिबन्ध, भ्रष्टाचारको जालो, रोजगारीको अभाव र परम्परागत राजनीतिक नेतृत्वको अकर्मण्यताबाट आजित नयाँ पुस्ता सडकमा थ्रुपिएका थिए । विशेष गरी, तत्कालीन केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जाल फेसबुक लगायतका लोकप्रिय सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि गरेको अव्यावहारिक र दमनकारी बन्देज नै यो आन्दोलनको मुख्य कारण बन्न पुग्यो , जसले युवाहरूको वर्षौंदेखिको आक्रोशलाई अचानक सडकमा विस्फोट गराइदियो। सोही आन्दोलनको बलमा देशमा ठूलो राजनीतिक फेरबदल आयो ।…
२५ साउन, काठमाडौं । सल्यानको वनगाड कुपिण्डे–६, काँराकोटका डिल्लीप्रसाद बुढाथोकी (३८) को दैनिकी बिहान दुई–तीन बजेदेखि सुरु हुन्छ । भाले बास्नु अगावै खानेपानीको जोहो गर्न गाग्रो बोकेर वैखुरे वा टिमुरेखोली पुग्छन् । स्थानीय जनता प्राविका शिक्षक बुढाथोकी ८०–८५ घर भएको काँराकोटवासी सबैले पानीको चरम अभाव झेलिरहेको बताउँछन् । अनलाइनखबरसँग उनले भने, ‘मुहान सुकेर धारामा पानी नै आउँदैन । त्यही भएर पानी खोज्दै टाढा–टाढा जानुपर्छ । पानीको अभावले गाउँका सबैको दैनिकी प्रभावित भएको छ ।’ सामाजिक सञ्जाल फेसबुकमा राखिएको काँधमा गाग्रो बोकेको काँराकोटको तस्वीरमा एक जना फेसबुक प्रयोगकर्ता प्रेम बिकले ६ घण्टा लगाएर पानी ल्याउनु परेको कमेन्ट गरेका छन् । उनले…
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।
२६ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।
नेपाली महिला राष्ट्रिय क्रिकेट छनोट हुन नसके पनि वुमन्स एसिया कप खेल्ने भएको छ । क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो । यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ । एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिकइन्फोमा जनाइएको छ ।
हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न फलफूलको भूमिका महत्त्वपूर्ण हुन्छ, तर जुनसुकै समयमा जुन कुनै फलफूल खानुभन्दा मौसम अनुसारका फलफूल छनोट गर्नु धेरै बुद्धिमानी मानिन्छ । विशेष गरी आ–आफ्नो प्राकृतिक मौसममा फल्ने फलफूलले शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्त्व, भिटामिन, खनिज पदार्थ र रेसाहरू उचित मात्रामा प्रदान गर्दछन् । यसको विपरीत, बेमौसमी फलफूललाई लामो समयसम्म भण्डारण गरेर राख्नुपर्ने भएकाले त्यसमा विभिन्न प्रकारका रसायन वा रसायनहरूको प्रयोग गरिएको हुन सक्छ । यस्ता फलफूलबाट हाम्रो शरीरले पाउनुपर्ने सही पोषण प्राप्त गर्न सक्दैन । प्राकृतिक रूपमै पोषक तत्त्वहरू पूर्ण रूपमा पाउनका लागि मौसमअनुसारकै फलफूल खानुपर्छ । अहिलेको मौसममा बजारमा आँप, केरा, लिची, आरु…
हेमराज अधिकारी असार महिनालाई मानो लगाएर मुरी उब्जाउने महिनाका रूपमा लिइन्छ। अचेल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिने रोपाइँका दृश्य र तस्बिरहरूले बाल्यकालका अनगिन्ती सम्झनाहरू ताजा गराइदिन्छन्। पहाडी जनजीवन ढुंगा माटो, उकालो ओरालो र संघर्षले भरिएको हुन्थ्यो। तर त्यो संघर्षमै पनि एउटा छुट्टै आनन्द थियो। ती दिनहरू सम्झँदा अहिले पनि बेलाबेला मन नोस्टाल्जिक हुन्छ। मेरो जन्मथलो अछाम फल्टाने विद्यालय पढ्दा काठमाडौंजस्तो हिउँदमा नभई हाम्रो गाउँमा बर्खामा लामो बिदा हुन्थ्यो। असार र साउन गरेर पूरै दुई महिना। त्यो बिदा खेतीपातीका लागि छुट्याइएको हुन्थ्यो। बालबालिका, युवा वा वृद्धवृद्धा, अशक्तबाहेक काम गर्न सक्ने कोही पनि घरमा बस्न पाउँदैनथे। “वर्षभरि खाने अन्न उब्जाउने बेलामा पनि…
हेमराज अधिकारी सूचना प्रविधि (आइटी) को युगमा आज विश्वले अकल्पनीय फड्को मारेको छ । कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, डाटा एनालिटिक्स, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा जस्ता क्षेत्रहरूले मानव सभ्यतालाई एक नयाँ युगमा पुर्याएका छन् । तर, दुखद कुरा के छ भने नेपाल अझै पनि यस्ता प्रविधिमार्फत् विकास र समृद्धिको यात्रामा कदम मिलाएर अघि बढ्न सकेको छैन । पूर्वाधारको कमी : गाउँ अझै अन्धकारमा म एक ब्याचलर तहमा अध्ययनरत आइटी विद्यार्थी हुँ । मेरो स्थायी ठेगाना सुदूरपश्चिमको जिल्ला अछाम हो । त्यहाँको वास्तविकता के हो भने, इन्टरनेटजस्तो आधारभूत सेवासमेत नियमित रूपमा उपलब्ध छैन । कहिले नेटवर्क हराउँछ, कहिले घण्टौँसम्म सम्पर्कविहीन हुनुपर्छ । यति मात्र हैन, विद्युत आपूर्ति पनि…
