विज्ञापन सामग्री
नेपाली महिला राष्ट्रिय क्रिकेट छनोट हुन नसके पनि वुमन्स एसिया कप खेल्ने भएको छ । क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो ।
यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुनेछ । एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिकइन्फोमा जनाइएको छ ।
विज्ञापन सामग्री
विज्ञापन सामग्री
