Author: सञ्चार संकेत

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको उल्लेख गर्नुभएको छ । ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो’, उहाँले लेख्नुभएको छ । थापाले आमयुवाले भोग्नुपरेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ । हिजो जलनबाट घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका…

Read More

काठमाण्डाै – प्रतिपक्ष दल नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको हो । यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । नेकपाका सांसद पार्वती विक, वर्षमान पुनलगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । त्यस्तै यो घटनामा राज्य किन मूकदर्शक बनेर बसेको छ भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेसकी सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्ससमेत नपठाएको आरोप लगाउनुभयो । त्यस्तै एमालेले…

Read More

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको हाे । सुनकाे भाउ आज २ हजार ४०० ले घटेर ताेलाकाे २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीको भाउ १६० रुपैयाँले घटेर तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदीको भाउ ताेलाकाे ४ हजार ५०० रुपैयाँ थियो ।

Read More

फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । २७ वर्षको उमेरमा आफ्नो २० औँ विश्वकप खेल खेल्दै उनी विश्वकपमा २० खेल पूरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । मोरक्कोसँगको खेलमा एक गोल गर्दै एम्बाप्पेकाे  विश्वकपमा कुल गोल संख्या २० पुगेकाे छ । साथै पेनाल्टीबाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाडीको सूचीमा उनले अर्जेन्टिनाका लियोनल मेस्सीको १७ गोलको कीर्तिमानीको बराबरी गरेका छन् । सन् १९९८ डिसेम्बर २० मा फ्रान्सको पेरिस नजिकै रहेको बोन्डीमा जन्मिएका एमबाप्पे बाल्यकालदेखि नै असाधारण गति, उत्कृष्ट बल नियन्त्रण, प्रभावशाली ड्रिब्लिङ र गोल गर्ने क्षमताका कारण उनी विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एकका…

Read More

धनगढीः कैलालीको चिसापानीमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारस्थित रुवी होटल अगाडि शुक्रबार राति करिब साढे ९ बजेतिर पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई मिनी ट्रकले ठक्कर दिएको हो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले घाइतेको तत्काल उद्दार गरी टीकापुर अस्पताल पुर्‍याएको थियो। टाउकोमा गम्भीर चोट लागेका ती पुरुषको उपचारकै क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ। हाल शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि फरार भएका चालक र गाडीलाई प्रहरीले सुर्खेतबाट…

Read More

बेलौरी: कञ्चनपुरको बेलौरीमा विद्यालय बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका-३ पडाउ बस्ने २९ वर्षीय महेश राना रहेका छन्। उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो बेलौरी -३ मा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ क २६२७ नम्बरको विज्डम एकेडेमी  विद्यालयको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनापछी बस र बस चालक बेलौरी- ४ निवासी ४६ वर्षीय विज्ञान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए।

Read More

२६ असार, काठमाडौं । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ उनले प्रश्न गरे । उनले सदनको गरिमा राखिराख्न पनि आग्रह गरे । नेपाली जनताले धेरै आशा यो पटक गरेको भन्दै ‘एउटौ डुंगामा सवार’ गर्न विपक्षी सांसदहरूलाई आग्रह गरे । उनले कसैको पीडालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे । ‘हामीले अथक प्रयास गरेकै हो ।…

Read More

२६ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरी बीच भनाभन भएको पाइएको छ । उनीहरू बीच बाइक त्यहाँ रोकेको विषयमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नगर प्रहरीले त्यहाँ बाइक किन रोकेको भनेको सुनिन्छ । भिडियोमा गणेशलाई भने स्पष्ट देख्न सकिन्छ । उनले बाइकमा बसिरहँदा पनि लक किन लगाएको भनेर सोधेका छन् । नगर प्रहरीले उनलाई भन्या नमान्ने ? नमिल्ने ठाउँमा रोकेपछि लक नलगाएर माला लगाइदिने ? भन्दै प्रतिप्रश्न गरेकी छन् । आज गणेशको उपचारको क्रममा निधन भइसकेको छ । यस्तो छ उनीहरू बीचको भनाभन महानगर प्रहरी-…

Read More

२६ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले राज्यका कारण मुगुका गणेश नेपालीले आत्मदाह गरेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् । ‘प्रधानमन्त्रीज्यू गणेश नेपालीको घटनामा तपाईंकै शब्द सापटी लिएर भन्छु, यो घटनाको मुख्य कारण राज्य हो,’ सांसद गुरूङले भनिन् । उनले तीन वर्ष अघि प्रेम आचार्यले सांसद् भवन अगाडि आत्मदाह गर्दा बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका विषय पनि संसद्लाई स्मरण गराइन् । ‘यतिबेला म प्रधानमन्त्रीज्यूले प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा लेखेको कुरा सम्झिन चाहान्छु,’ गुरूङले भनिन्, ‘उहाँ…

Read More

काठमाडौं। कर्पोरेट क्षेत्रमा आजभोलि प्राविधिक ज्ञान मात्र पर्याप्त मानिँदैन। प्रभावकारी सञ्चार, नेतृत्व क्षमता, आत्मविश्वास, ग्राहकसँगको व्यवहार र प्रस्तुतीकरण शैलीजस्ता ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधारका रूपमा हेरिन थालेको छ। यही क्षेत्रमा विगत 12 वर्षदेखि सक्रिय छिन् काठमाडौंकी कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी श्रेष्ठले एक्जिक्युटिभ सेक्रेटरीशिपमा डिप्लोमा गर्नुका साथै London Chamber of Commerce and Industry (LCCI) र CECI बाट अन्तर्राष्ट्रिय स्तरको ट्रेनर प्रमाणपत्र प्राप्त गरेकी छन्। होटल, बैंकिङ, एभिएसन, शिक्षा, विकास क्षेत्र तथा निजी क्षेत्रका संस्थासँग काम गर्दै उनले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो अनुभव विस्तार गरेकी छन्। उनको व्यावसायिक यात्रा, तालिम तथा अनुभवबारे थप…

Read More