Author: सञ्चार संकेत

यस पटक विश्वकपमा गोल गर्ने खेलाडीको मात्र होइन विपक्षीको आक्रमणलाई रोक्दै गोल हुन बचाउने खेलाडीहरुको पनि चर्चा उत्तिकै छ । उपाधि दाबेदार र ठूला टिमहरुको सँगै स्टार खेलाडीहरुको चर्चा स्वभाविक छ । तर उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको फिफा विश्वकप २०२६ मा एक डेब्युटान्ट टोली र त्यसका खेलाडीहरुको चर्चा अरुको जत्तिकै भइरहेको छ । अफ्रिकाको १० वटा टापुहरु मिलेर बनेको केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै शानदार प्रदर्शन गर्‍यो, बलिया विपक्षी टिमहरुलाई समेत कडा टक्कर दियो । समूह चरणमा अपराजित रहँदै पहिलो सहभागितामै नकआउट चरणमा पुगेर इतिहास रच्यो । अनी साविक विजेता अर्जेन्टिनालाई झण्डै हराउने अवस्थामा पुगिसकेको थियो ।…

Read More

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा आज राति फुटबल इतिहासका दुई लिजेन्डहरू- क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच आमनेसामने हुँदैछन् । युरोपेली फुटबलका यी दुई पावरहाउसबीचको खेल केवल प्रि-क्वार्टरफाइनलको यात्रा मात्र नभएर अन्तर्राष्ट्रिय फुटबलमा दुई भेट्रान स्टारहरूको विरासत जोगाउने लडाइँ समेत हो । समूह चरणमा कंगो र कोलम्बियासँग बराबरी तथा उज्बेकिस्तानमाथि जित निकाल्दै आएको पोर्चुगल अझै पनि आफ्नो लयको खोजीमा छ । रोबर्टो मार्टिनेजको टोलीसँग विश्वस्तरीय प्रतिभा भए पनि टोलीले अपेक्षाअनुसार सङ्गठित प्रदर्शन गर्न सकेको छैन । अर्कोतर्फ, इंग्ल्यान्डसँग पराजित भए पनि पानामा र घानालाई हराउँदै नकआउटमा स्थान बनाएको क्रोएसिया आफ्नो बलियो इच्छाशक्ति र मिडफिल्डको…

Read More

१७ असार, धनगढी । कैलालीमा विद्यालयबाट बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–२ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहान पौने  ११ बजेतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिए । उनका लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा जनचेतना माध्यमिक विद्यालयमो शिशु कक्षामा अध्ययनरत थिइन् । बिहान ७ बजेतिर अभिभावकले विद्यालयमा छाडेका थिए । उनी विद्यालयबाटै हराएकी थिइन् । बालिका विद्यालयबाट हराएको र घर…

Read More

७ असार, काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।

Read More

७ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो…

Read More

काठमाण्डाै :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्वमन्त्री आरजु राणा देउवाले इमेल पठाएकी छन्। हिजो आयोगको टोली बूढानीलकण्ठमा रहेको देउवा निवासमा पुगेर ३ दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो । नवयुवा आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले ३ दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गरेकाे अख्तियार स्रोतले जनाएको छ । विज्ञापन राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरेकि छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएकी काँग्रेस नेत्री आरजु राणा र उहाँका श्रीमान् तथा पूर्वप्रधानमन्त्री एवम् काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा…

Read More

धनगढीः प्रहरी नायव महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको २०८३ जेठ २९ गतेको पत्रादेशअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका भट्टराईले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका प्रतिनिधि तथा कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित अन्य प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए। पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डिआइजी भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले मातहतका प्रहरी…

Read More

४ असार, काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिए । ‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गरे । सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उनले…

Read More

 बाजुरामा जिपले ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनामा एक १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका-७ का २४ वर्षीय गोपाल वलीलाई पक्राउ गरिएको हो। वलीले चलाएको भे १ च ४०८० नम्बरको जिपले बडीमालिका नगरपालिका–७ रजालीका स्थानीय रामबहादुर विकका १४ वर्षीय छोरा दिलिप विकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकलाई ठक्कर दिएपछि चालक वली घटनास्थलबाट फरार भएका थिए। घाइते बालकको अवस्था र घटनासम्बन्धी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तीव्र खोजी सुरु गरेको थियो। प्रहरीको खोजतलासका क्रममा जिपसहित चालकलाई बडीमालिका नगरपालिका–९ स्थित मार्तडी बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय…

Read More

३ असार, रोल्पा। रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् । यहाँको परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् । परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

Read More