Author: सञ्चार संकेत

३ असार, संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा खाँदबारी नगरपालिका —८ का २५ वर्षीय विज्ञान विश्वकर्मा रहेका छन् ।  खाँदबारी नगरपालिका —१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा कम्पाउन्ड वाल निर्माणका क्रममा उनीमाथि अचानक माटोको ढिस्को खसेको थियो । माथिबाट खसेको माटोको ढिस्कोले विश्वकर्माको टाउको भन्दामुनिको सबै भाग पुरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनलाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

Read More

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ । केन्द्रीय सदस्यहरूको लागि २१ हजार शुल्क निर्धारण गरिएको छ । रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री हुने व्यवस्था छ । कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता १/१ जना र र सह प्रवक्ता ३ जना मनोनित गर्ने व्यवस्था छ । विधान अनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना…

Read More

अछाम जेठ २४ अछाममा जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । थप ३ जना घाईते भएका छन । जिल्लाको सदरमुकाम मंगलसैन देखी कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखमा जादै गरेको से १ त ६१३ नम्बरको बोलेरो जीप पानेरीखोला नजिक ( शनिबार ) गए राति १० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि कमलबजार नगरपालिका वडा नं ७ कवाल्लेखका कर्ण प्रसाद भाटको जिल्ला अस्पताल मंगलसैन लैजादै गर्दा बाटोमै निधन भएको हो । घाईते ३ जना मध्ये सोही ठाँउका बद्री प्रसाद भाट र मिन भाट लाई थप उपचारका लागी सुर्खेत प्रादेशीक अस्पतालमा लगिएको छ । दुर्घटना पछी सवारी चालक…

Read More

चैत १७ । कमलबजार नगरपालिका वडा नं ७ फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण गरिएको छ । फल्टाने स्थित फल्टाने महिला कृषक समुुहका २५ जना कृषक लाई च्याउको बीउ वितरण गरिएको हो । कमलबजार नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक शुनिल कुँवरले च्याउ उत्पादनका विभिन्न प्रकृयाका सम्बन्धमा नमुना अभ्यास समेत गराउनु भएको थियोे । बीउ वितरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको उपस्थिति रहेको थियोे । नगरप्रमुख ढकालले कृषक लाई च्याउकाे बीउ हस्तान्तरण गर्दै कृषक लाई व्यवसायीक तरकारी खेती गरि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले कृषकले उत्पादन गरेको खाद्य वस्तु तथा तरकारी र फलफुलको बजारीकरणमा…

Read More

३ असार, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ । यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसलाई दुई देशबीच भएको प्रारम्भिक सम्झौताको ढाँचामा समावेश गरिएको छ ।  रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै पक्षलाई अन्तिम शान्ति सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन गर्ने उद्देश्यले यो कोष तयार गरिएको हो । आगामी शुक्रबार हुने औपचारिक हस्ताक्षरको संवेदनशीलतालाई ध्यानमा राख्दै अहिलेसम्म यो योजनाको विस्तृत विवरण गोप्य राखिएको छ । उक्त प्रस्तावित रकममध्ये आधाभन्दा बढीको लगानी प्रतिबद्धतासमेत भइसकेको…

Read More